काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा यांकी उक्याबलाई नियुक्त गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्याबलाई सीईओ नियुक्त गरेको जानकारी दिए ।
उक्याब विकास अर्थशास्त्र र सार्वजनिक नीतिकी विज्ञ हुन् । उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट जननीति शास्त्रमा स्नातकोत्तर गरेकी छन् । उनले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकार तथा यूएनडीपी नेपालमा विकास अर्थशास्त्रीका रूपमा कार्य गरिसकेकी छन् ।
उनले यसअघि लगानी बोर्डमा वित्त तथा लगानीसम्बन्धी महत्त्वपूर्ण जिम्मेवारी सम्हालेकी थिइन् । नेपाल इकोनोमिक फोरमसँग आबद्ध भएर आर्थिक नीति र विकाससम्बन्धी अध्ययन तथा लेखनमा उनले सक्रिय योगदान दिएकी छन् ।