काठमाडौं । सेयरबजार आज सामान्य अंकले बढेको छ।
नेपाल स्टक एक्सचेनजका अनुसार बजार ४।७९ अंकले बढेर २६६७।९७ विन्दुमा पुगेको हो।
यस दिन कुल ४ अर्ब ४० करोडको किनबेच भएको छ। बुधबारको कारोबारमा १२२ वटा सेयरको मूल्य बढेको छ। आजको अधिकतम बढावट दर १४।९९ प्रतिशतसम्म छ।
त्यस्तै आज १४३ वटा सेयरको मूल्य भने घटेको छ। यसमा अधिकतम गिरावट दर ९।०३ प्रतिशतसम्म छ।
कारोबार भने ५८ करोडसम्म पुगेको छ। सोलु हाइड्रोको उक्त परिमाणमा सर्वाधिक कारोबार भएको हो।
बुधबार जलविद्युत्, होटल, उत्पादन, अन्य र व्यापार समूह बढेका छन् भने बाँकी घटेका छन्।