काठमाडौं । गृहमन्त्री सुधन गुरुङले भोट फिर्ता लानुस् भनेर आफूले जोकको रूपमा भनेको बताएका छन्।
आज संसदीय दलको बैठकपछि बाहिरिने क्रममा भोट फिर्ता कसरी गर्ने भन्दै सञ्चारकर्मीहरूको सोधेका थिए।
जवाफमा उनले भने, ‘जोक गरेको विषय हो। हामीले जोक गरेको विषयलाई त्यत्रो ठूलो बनाउने हो?’
भनेपछि जोक हो ? भन्ने प्रतिप्रश्नमा उनले थपे, ‘हामी भित्र बसेर गरेको सल्लाह जोक होइन त। हामी आफ्ना पार्टीका बीच बसेर गरेको कुरा।’
गृहमन्त्री गुरुङ र गोर्खा १ का स्थानीयबीच संवाद हुँदा भोट फिर्ता लैजानुस् भनेको विषय सामाजिक सञ्जालमा भाइरल बनेको थियो। मन्त्री गुरुङले भने सरकार बनेको भर्खर ४ महिना पुगेको र बजेट कार्यान्वयनमा आएको केही दिन मात्रै भएकाले धैर्य गर्न आग्रह गरे ।
गृहमन्त्रीले भनेका थिए, ‘म चार महिनामै कायापलट गर्न सक्दिनँ, भोट लिएर जानु भए हुन्छ ।’