काठमाडौं । सिप्रदी यात्रीले नेपालमै निर्मित ‘यात्री’ ब्राण्डको दुई पाँग्रे सवारी साधनको नयाँ मोडल ‘पी–२’ स्कुटर बजारमा ल्याएको छ ।
सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेले यो स्कुटर सार्वजनिक गरेका हुन् । एक पटक ‘फुल चार्ज’ गरेपछि १५७ किलोमिटर रेन्ज दिने यो स्कुटरमा १० किलोवाटका् मोटर र ५.२ किलोवाटको ब्याट्री रहेको सिप्रदीले जनाएको छ ।
चार्जिङका लागि पनि धेरै समय नलाग्ने ढंगले विकास गरिएको यो स्कुटरलाई धरायसी चार्जरबाट ८० प्रतिशतसम्म चार्ज गर्न साढे दुई घण्टा तथा डीसी फाष्ट चार्जिङ प्रयोग गर्दा ८० प्रतिशत चार्ज गर्न ४१ मिनेट मात्रै लाग्नेछ ।

शहरी सडकका लागि बढी उपयोगी भनिए पनि २१ डिग्रीसम्म उकालो र भौगोलिकरुपमा चुनौतिपूर्ण सडकमा पनि सहजरुपमा गुड्नसक्ने गरी डिजाइन र निर्माण गरिएको ‘पी–२’ स्कुटरमा उन्नत कनेक्टिभिटि प्रणाली जडान, प्रविधिमैत्री, उच्च मोटर क्षमता र लामो रेन्ज दिनसक्ने गरी ल्याइएको हो ।


यो स्कुटरले नेपाली उपभोक्ताको चाँडै विश्वास जित्नेमा सिप्रदी यात्री विश्वस्त देखिन्छ । यात्रीको यो मोडल मंगलबारबाट राजधानीमा सुरु हुने नाडा अटो शो मा प्रदर्शन गर्न लागिएको छ ।