काठमाडौं, भदौ २५ – सरकारले उपत्यकामा निषेधाज्ञा खुकुलो पारेसगैँ राईड सेयर सेवा टुटल र पठाओ सेवा पनि सुरु भएको छ।
सरकारले जोर विजोरको आधारमा निजी मोटरसाइकललाई चल्न पाउन अनुमती दिएपछि सेवा सुरु गर्न लागिएको टुटलका म्यानेजर आयुस कार्कीले जानकारी दिए।
सेवा दिंदा स्वास्थ्य प्रोटोकललाई विषेश ध्यान दिइने उनको दावी छ। लामो समयदेखि राइडरहरु बेरोजगार भएकोले उनीहरुबाट कुनै प्रकारको कमिसन नलिइने उनले जानकारी दिए।
‘राइडरले मास्क, पन्जा, सेनिटाइजरमा धेरै खर्च गर्नुपरेको छ। त्यस्तै लामो समयदेखि बेरोजगार पनि भएको कारणले हामी उहाँहरुसगँ कुनै पनि प्रकारको कमिशन लिदैनौं,’ कार्कीले सेतोपाटीसगँ भने।
त्यस्तै आजैबाट पठाओको ट्याक्सी र मोटरसाइकल दुवैको सेवा सुरु भएको पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले जानकारी दिइन्।
तर, पठाओमा सिमित राइडरले मात्र राइड सेयरको अनुमती पाउने छन्। स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सबैलाई राइड सेयरको अनुमती दिन नसकिएको उनले स्पष्ट पारिन्।
‘हाम्रो लागि राइडर र प्यासेन्जरको स्वास्थ्य ठूलो कुरो हो। हामीले अघिल्लो लकडाउनपछि १५/१६ सयलाई पिपिई वितरण गरेका थियौं। जोर बिजोरअनुसार दैनिक करिव ८ सयले सेवा दिनुहुन्छ,’ उनले सेतोपाटीसगँ भनिन्। त्यस्तै, दैनिक रुपमा राइडरको संङ्ख्या बढाउँदै लैजाने उनले जानकारी दिइन्।
FACEBOOK COMMENTS