काठमाडौं, २६ भाद्र -समाजसेवी पुरु जोशी र सगरमाथा आरोही दावा लामाले ज्याला मजदुरीकर्ताका लागी सहयोगको हात उठाएका छन्।
उनीहरुले कोरोना महामारीको संकटका कारण आर्थिक अभाव माझ दैनिकी गुजार्दै आएका टोखा नगरपालिका स्थित भत्किए पुल आसपासमा बसोबास गर्ने विपन्न परिवारलाई सहयोग गरेका हुन । जोशी र लामाले शुक्रबार संयुक्त रुपमा १४ घरपरिवारलाई दैनिक उपभोग्य खाद्य लगायतका अत्याआवश्यक सामग्री हस्तान्तरण गरे ।
महामारीको बिषम परिस्थितिमा अति बिपन्न परिवारलाई जीवन जिउन कठिनाई महशुस गरेका केहीलाई आफुहरुले सहयोग गरेको समाजसेवी जोशीले बताए । छोरा उत्कृष्ट जोशीको जन्म दिनमा सहयोग जुटाउना पाउँदा उनले खुशी व्यक्त पनि गरे ।
दक्षिण कोरियाका रेस्टुरेन्ट ब्यवसाय संचालन गर्दै आएका उनले यस अघि पनि अति बिपन्न परिवारलाई सहयोग गर्दै आएका थिए ।
FACEBOOK COMMENTS