भाद्र २८, काठमाडौँ — विशेषज्ञहरूले कोभिड–१९ खोपको अन्तिम अवस्थाको क्लिनिकल ट्रायलमा जानुअघि चनाखो हुनुपर्ने सुझाव दिएका छन् । मुलुकलाई फाइदा हुने गरी खोपको क्लिनिकल ट्रायल गर्नुपर्ने उनीहरूको भनाइ छ ।
अमेरिकाको सान डिएगोस्थित एक प्रयोगशालाम कोरोनाविरुद्धको खोपबारे अनुसन्धान गर्दै एक वैज्ञानिक फाइल तस्बिर स् रोयटर्स
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोपको क्लिनिकल ट्रायलका सम्बन्धमा विशेषज्ञहरूसँग छलफल अगाडि बढाएको छ । वरिष्ठ जनस्वास्थ्यविद् प्रा।डा। शरद वन्तले कोभिड–१९ विरुद्ध खोपको तेस्रो चरणको परीक्षणमा सहभागी हुनु राम्रो भए पनि यसमा आफ्नै किसिमको कम्तीमा दुई सर्त राख्नैपर्ने बताए । ‘पहिलो, तेस्रो चरणको परीक्षणमा खोप सुरक्षित छ भन्ने ग्यारेन्टी हुनुपर्छ, नत्र खोप नै हाम्रा लागि रोगको कारण बन्न सक्छ । हालै बेलायतको खोप रोकिएको उदाहरण हामीसामु छ,’ उनले भने, ‘दोस्रो, यो खोप सफल भए हामीले पाउने सुविधाबारे पहिल्यै निर्क्योल हुनुपर्छ ।’
अनुसन्धानमा संलग्न देशले विशेष सहुलियतसहित खोप पाउनुपर्ने प्रावधानसमेत राख्नुपर्ने उनले बताए । ‘एउटा बहुराष्ट्रिय कम्पनीका लागि हामी ज्यालादारीको मजदुर मात्र हुने रु’ उनले भने, ‘यो दुईवटा कुरा परिपूर्ति भयो भने विज्ञानको विकासका लागि हामीले गर्ने योगदानका लागि तयार हुनुपर्छ । हामी भरिया मात्र हुने वा साझेदार हुने रु खोपमा सहभागी हुनेहरूका लागि क्षतिपूर्ति र बिमाको व्यवस्थासँगै अन्य प्राविधिक पक्षलाई पनि ख्याल राख्नुपर्छ ।’
चीनमा सिनोभाक बायोटेकले उत्पादन गरेको खोप, रुसको स्पुतनिक–५ र बेलायतको अक्सफोर्ड ग्रुपद्वारा उत्पादित खोपको अन्तिम अवस्था ९थर्ड फेज० को परीक्षण नेपालमा गर्ने तयारी छ । स्वास्थ्य मन्त्रालयले यस सम्बन्धमा अध्ययनका लागि परिषद्लाई अनुमति दिए पनि क्लिनिकल ट्रायल गर्नेबारे परिषद्लाई अन्तिम निर्णय भने दिएको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा। बाबुराम मरासिनीले जनतालाई केही आपत् नआउने गरी खोपको ट्रायलबारे निर्णय गर्नुपर्ने बताए । ‘सबैभन्दा प्रभावकारी खोपको पछाडि लाग्नुपर्यो, परीक्षणको समय कुनै जटिलता भयो भने यसको उचित व्यवस्थापनको क्षमतासमेत हुनुपर्यो,’ उनले भने, ‘एउटाको पक्षमा लाग्दा त्यो खोप खराब भयो भने अर्को सफल खोपले हामीलाई उच्च प्राथमिकतामा राख्ला त रु यसलाई बिर्सनु हुन्न ।’ आफूले बुझेसम्म अक्सफोर्डले नेपालमा प्रत्यक्ष रूपमा परीक्षण गर्ने कुरा नभनेको उनले बताए । ‘उनीहरूले भारतसँग सहकार्य गरिरहेका छन्,’ उनले भने, ‘चीन र रुसले परराष्ट्र मन्त्रालयमार्फत हामीसँग सम्पर्क गरेका छन् ।’
स्वास्थ्य मन्त्रालयले परिषद्लाई खोपसँग सम्बन्धित सल्लाहकार समितिसँग सम्पर्क गरेर काम अघि बढाउन निर्देशन दिएको छ । गत साता मात्र क्लिनिकल ट्रायलसम्बन्धी आवश्यक छलफल बढाउन मन्त्रालयले सचिवस्तरीय निर्णय गरेको थियो । ‘अब क्लिनिकल ट्रायलको सम्भावनामा चीन, रुस, बेलायतसँगै अस्ट्रेलियन खोपसमेत थपिएको छ,’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा। प्रदीप ज्ञवालीले भने, ‘हामी स्वास्थ्य मन्त्रालयअन्तर्गत खोपसँग सम्बन्धित सल्लाहकार समितिसँग आइतबार छलफल गर्दै छौं ।’ मन्त्रालयले कोभिड खोपको क्लिनिकल ट्रायल गर्नेबारे स्पोन्सर खोजिरहेको छ । ‘खोप उत्पादन गर्ने कम्पनी आफैं स्पोन्सर हुनुपर्ने हाम्रो पहिलो सर्त हो,’ ज्ञवालीले भने, ‘कुनै पनि व्यक्ति वा संस्था स्पोन्सर भएर आउन सक्छ, त्यतिखेर सम्पूर्ण खर्च उसले नै व्यहोर्नुपर्ने हुन्छ ।’ तर व्यक्ति वा संस्थाले कम्पनीको कोटेसन, डिजाइनलाई पछ्याएर मात्र स्पोन्सर गर्न सक्नेछन् । क्लिनिकल ट्रायलअन्तर्गत संलग्न हुने व्यक्तिलाई कुनै समस्या देखिए उपचार, बिमा व्यवस्थालगायत सबै खर्च स्पोन्सरले नै व्यहोर्नुपर्ने व्यवस्था छ ।
खोपसम्बन्धी स्वास्थ्य अनुसन्धान परिषद्को पछिल्लो गाइडलाइनअनुसार सामान्यतया अन्य देशमा विकसित गरिएको खोपका लागि कुनै देशले तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि अनुमति दिन सक्छ । विशेष परिस्थितिमा मात्र दोस्रो चरणको ट्रायलको अनुमति दिन सक्ने भए पनि कहिल्यै पनि पहिलो चरणको ट्रायलको अनुमति दिइँदैन । तेस्रो चरणको खोपको परीक्षण हजारौं मान्छेमा गरिने भएकाले गम्भीर रूपमा लिइन्छ ।
डा। ज्ञवालीका अनुसार हाल दुईवटा कम्पनीका खोप ५ सयदेखि एक हजार जनामा क्लिनिकल ट्रायल गर्ने योजना छ । क्लिनिकल ट्रायलका लागि कुन उमेर समूहमा कति जना सहभागी गर्ने, कति संख्यामा गर्नेबारे छलफल भइरहेको उनले बताए । ‘तेस्रो चरण सफल भएको खोप आगामी दिनमा किनेरै ल्याए पनि त्यो मुलुकको ठाउँ, परिवेशअनुसार सुहाउँदो रहेरनरहेको सुनिश्चित हुनुपर्छ,’ डा। ज्ञवालीले भने ।
नेपालमा खासगरी चीन, बेलायत र रुसले औपचारिक रूपमा परीक्षणका लागि सरकारसँग छलफल गरेका छन् । परिषद्ले रुस, बेलायत र चीनलाई औपचारिक रूपमा पत्र लेखी यसमा संलग्न वैज्ञानिकसँग कुराकानी थालेको छ । रुस, चीन र बेलायत खोप निर्माणका लागि युद्धस्तरमा लागेका छन् । छिमेकी देश भारतका कम्पनीहरूले पनि खोप निर्माणका लागि अनुसन्धान थालेका छन् ।
अतुल मिश्र / कान्तिपुर दैनिक
FACEBOOK COMMENTS