काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालीहरूको महान् चाड दशैं र तिहारको अवसर पारेर यात्रुहरूका लागि विशेष फेस्टिभ क्याम्पेन ‘सुनको सवारी’ सार्वजनिक गरेको छ।
अक्टोबर १ देखि सुरु भई नोभेम्बर ११, २०२६ सम्म छ हप्ता सञ्चालन हुने यस क्याम्पेनअन्तर्गत यात्रुहरूले इनड्राइभमार्फत नियमित यात्रा पूरा गरी ५ ग्रामको सुनको सिक्का, ३२ इन्चको सामसुङ स्मार्ट टिभी तथा स्मार्टवाच जस्ता आकर्षक उपहार जित्ने अवसर पाउनेछन्।
चाडपर्वको समयमा किनमेल, टीका तथा आफन्त भेटघाटका लागि यात्राको चाप बढ्ने भएकाले दैनिक यात्रालाई थप उत्साहपूर्ण बनाउन यो योजना ल्याइएको कम्पनीले जनाएको छ।
यस अफरअन्तर्गत यात्रुहरूले हरेक हप्ता पूरा गर्ने राइड्स संख्याका आधारमा स्वत: साप्ताहिक लक्की ड्रमा सहभागी हुन पाउनेछन्।
योजना अनुसार एक हप्तामा कम्तीमा एउटा राइड पूरा गर्ने यात्रुहरू स्मार्टवाचको लक्की ड्रमा, ३ वा सोभन्दा बढी राइड्स पूरा गर्नेहरू ३२ इन्च सामसुङ स्मार्ट टिभीमा र ५ वा सोभन्दा बढी राइड्स पूरा गर्ने यात्रुहरू ५ ग्राम सुनको सिक्का जित्ने अवसरका लागि योग्य हुनेछन्।

छ हप्ताको अवधिभर इनड्राइभले कुल ६ वटा ५ ग्राम सुनका सिक्का, ६ वटा सामसुङ स्मार्ट टिभी र १२ वटा स्मार्टवाच वितरण गर्नेछ।

चाडपर्वमा परिवार र आफन्तसँग जोडिने यात्रुहरूको यात्रालाई अझ रमाइलो र विशेष बनाउने लक्ष्य राखिएको इनड्राइभ नेपालकी मार्केटिङ म्यानेजर श्रेया मानन्धरले बताइन्।

नेपाली चाडपर्वमा समृद्धि र भाग्यको प्रतीक मानिने परम्परालाई दैनिक यात्रासँग जोडेर ल्याइएको यस क्याम्पेनका विजेताहरूको घोषणा इनड्राइभको आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्ममार्फत गरिनेछ।