काठमाडौं, भदौ २८ – चितवनमा होम क्वारेन्टिनमा बसेकी कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका ५, टाइगर चोककी ८५ वर्षीया महिला छन् । जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार दीर्घरोग रहेकी ती वृद्धाको भदौ ११ गते स्वाब संकलन गरिएकामा भदौ १५ गते कोरोना पोजेटिभ देखिएको थियो ।
‘‘उनी क्यान्सरकी बिरामी पनि थिइन् । शरीरमा हेमोग्लोबिनको मात्रा पनि कम थियो । उनलाई कोरोना पोजेटिभ पनि देखियो,’’ प्रमुख तिवारीले भने । उनको आज बिहान ६ बजेको समयमा मृत्यु भएको उनले जानकारी दिए ।
FACEBOOK COMMENTS