काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन आउने महाधिवेशन प्रतिनिधिहरूको दर्ता कार्य सुरु भएको छ ।
महाधिवेशनमा सहभागी हुने केन्द्रीय प्रतिनिधिहरूले तीन हजार पाँच सय रुपैयाँ तिरेर रजिस्ट्रेसन गर्नुपर्नेछ ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले धमाधम रजिस्ट्रेसन भइरहेको प्रवक्ता देवरा चालिसेले बताए । दर्तापछि प्रतिनिधिलाई एउटा झोला दिइन्छ ।
उक्त झोलाभित्र नेपाली कांग्रेसको विधान, कांग्रेसको डायरी, नास्ता, खाजा र खानाको कुपन तथा एउटा पेन राखिएको प्रवक्ता चालिसेले बताए ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आइतबार खुलामञ्चमा दिउँसो २ बजे अधिवेशन उद्घाटन हुनेछ ।
