काठमाडौं । अप्टिमिस्ट क्लब अफ डेरी इन्टरप्रेनर्सको नयाँ कार्यसमिति अध्यक्षमा माधव सेवाकोटी निर्वाचित भएका छन्।
क्लबको नयाँ कार्यसमितिको सचिवमा सरोज ओझा र कोषाध्यक्षमा दीपप्रसाद धमला निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष सेवाकोटी, सचिव ओझा, कोषाध्यक्ष धमलासहित सम्पूर्ण बोर्डका पदाधिकारी तथा सदस्यहरूलाई पूर्वअध्यक्ष एवं एल.जी., अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्ट प्रल्हाद दाहालले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
दाहालले निवर्तमान अध्यक्ष रमेश सन्जेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा विशेष धन्यवाद व्यक्त गर्दै आगामी दिनका लागि शुभकामना दिएका छन्।
नयाँ कार्यसमितिले क्लबलाई अझ सशक्त, सक्रिय र एकताबद्ध बनाउँदै सामाजिक सेवा, युवा नेतृत्व विकास तथा डेरी उद्यमीहरूको हितमा प्रभावकारी काम गर्ने अपेक्षा गरिएको छ।

दाहालले नयाँ नेतृत्वको कार्यकालमा क्लबले नयाँ उचाइ हासिल गर्दै समाज र राष्ट्रका लागि उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। उनले नयाँ जिम्मेवारीसँगै नयाँ ऊर्जा र उपलब्धिका लागि नवनिर्वाचित कार्यसमितिलाई मंगलमय शुभकामना दिएका छन्।
