काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले दुई तिहाईको शक्तिशाली सरकार बने पनि अर्थतन्त्र चलाएमान बन्न नसकेको बताएका छन्।
पार्टीको १५औँ महाधिवेशनमा सम्बोधन गर्दै उनले सरकार मात्र बनेर देश विकास नहुने बताउँदै अर्थतन्त्र सुधार हुन नसकेको बताएका हुन्।
उनले उद्योगीहरू समाइने र छाड्ने टुंगो नभएको बताउँदै सुरक्षित महसुस गर्न नसकेको बताए। ‘अहिले चलेको उद्योगी घरानामा बैंकहरू ४ प्रतिशतमा ऋण लिइदिन आग्रह गर्दै गएको छ। तर, उद्योगी ऋण लिन सकिरहेको छैन, किन?’ उनले भने, ‘शक्तिशाली सरकार बने पनि उद्योगीले सुरक्षित महसुस गर्न सकेको छैन।’
यस क्रममा उनले विश्वका दुई ठूला अर्थतन्त्र भएका छिमेकीको बिचमा रहेको नेपालले किन आफ्नो धन्दा चलाउन सकेको छैन? भन्दै सरकारमाथि प्रश्न गरे।
ब्चनजबपजबअजष् अझभलतक्जचभभ क्तभभ
ियस क्रममा उनले पार्टीभित्रका पुराना नेताहरू बीपी कोइराला र गणेशमान सिंहका छोराहरू पार्टी भित्र नभए पनि बीपी र गणेशमानको आत्मा आफूहरूसँग भएको उनको भनाइ थियो।

यस्तै, उनले आर्थिक विकास र रोजगारी सिर्जनाका लागि निजी क्षेत्र तथा उद्योगी व्यवसायीको भूमिकालाई सम्मान गर्नुपर्नेमा पनि थापाले जोड दिए। उद्योगीले सम्मान पाउने वातावरण निर्माण गर्नुपर्ने भन्दै उनले उत्पादन, लगानी र रोजगारी विस्तारलाई राजनीतिक प्राथमिकतासँग जोड्नुपर्ने बताएका थिए।

यसैगरी, उनले मुलुकले लामो समय राजनीतिक संघर्ष र संक्रमण व्यहोरे पनि त्यसको प्रतिफल जनताको दैनिक जीवनमा पर्याप्त रूपमा पुग्न नसकेको भन्दै उनले यसको कारण सबै राजनीतिक दलले मिलेर खोज्नुपर्ने बताए। राजनीतिक परिवर्तनसँगै आर्थिक र सामाजिक रुपान्तरणलाई पनि सँगसँगै अघि बढाउनुपर्ने उनको भनाइ थियो।

‘यो विषय हामी सबै मिलेर खोज्नुपर्छ। हामी महाधिवेशनमा यही कुरा डेलिभरी दिनका लागि के गर्ने, कांग्रेस कस्तो बनाउने भनेर मन्थन गर्नेछौँ,’ थापाले भने।
कांग्रेसले अब लोकतन्त्रको कुरा मात्रै नगरी जनतालाई परिणाम दिने राजनीतिक शक्तिका रुपमा आफूलाई स्थापित गर्नुपर्ने उनले बताए। लोकतान्त्रिक व्यवस्था र जनताको अपेक्षाबीचको दूरी घटाउने जिम्मेवारी कांग्रेसले लिनुपर्ने उनको भनाइ थियो।
‘डेमोक्रेसी र डेलिभरीको पुलको काम कांग्रेसले गर्छ,’ थापाले भने, ‘पुराना र नयाँ पुस्तालाई जोड्ने काम कांग्रेसले गर्छ। यही संकल्प गर्छ।’
कांग्रेस कमजोर वा निष्क्रिय हुँदा लोकतान्त्रिक व्यवस्था र जनताबीचको विश्वासमा समेत असर पर्न सक्ने उनले बताए। कांग्रेसले आफूलाई जनताको आवश्यकता र अपेक्षासँग जोडेर अघि बढाउनुपर्ने उनको भनाइ थियो।
‘आजको दिनमा नेपाली कांग्रेस बन्द भयो भने के हुन्छ भन्ने कुरा जनताले सोच्नुपर्ने बनाउने काम गर्नुपर्छ,’ उनले भने, ‘पुल ढल्यो भने विश्वास ढल्छ। त्यो विश्वासका लागि कांग्रेसले काम गर्नुपर्ने छ।’
थापाले कांग्रेसले आफ्नो राजनीतिक सिद्धान्त र मूल्यमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताए। तत्कालको राजनीतिक लाभका लागि सिद्धान्तसँग सम्झौता गर्ने प्रवृत्तिबाट पार्टी टाढा रहनुपर्ने उनको भनाइ थियो।
‘हामी लाउलापाते होइनौँ, हामी स्पष्ट हुन्छौँ। सिद्धान्तमा अडिनुपर्दा पाँच वटा चुनाव हार्न तयार छौँ, तर सिद्धान्तसँग सम्झौता गर्दैनौँ भन्ने हुनुपर्छ,’ उनले भने।