काठमाडौं । सलक्स आवरले विलासी घडी, चस्मा तथा अत्तरमा ४० प्रतिशतसम्म छुटको योजना सार्वजनिक गरेको छ।
सलक्स आवरले सार्वजनिक गरेको योजना अनुसार ग्राहकले विभिन्न ब्रान्डका घडी, चस्मा तथा अत्तर खरिद गर्दा अधिकतम ४० प्रतिशतसम्म छुट पाउनेछन्।
छुट योजनासँगै ग्राहकलाई एक लाख रुपैयाँ मूल्य बराबरको टिसोट घडी जित्ने अवसर समेत प्रदान गरिएको कम्पनीले जनाएको छ। योजनामा सहभागी हुने ग्राहकले सलक्स आवरको आधिकारिक वेबसाइटमार्फत खरिद तथा योजनासम्बन्धी जानकारी लिन सक्नेछन्।
त्यस्तै, ग्राहकले काठमाडौंको दरबारमार्गमा ड्रीम स्किनको छेउमा रहेको सलक्स आवरको पसलमा पुगेर पनि छुट योजनाको लाभ लिन सक्नेछन्।
कम्पनीले घडी, चस्मा तथा अत्तरका विभिन्न उत्पादनलाई लक्षित गरी ल्याइएको यो योजना मार्फत ग्राहकलाई विशेष मूल्यमा सामग्री उपलब्ध गराउनुका साथै टिसोट घडी जित्ने अवसर प्रदान गरिएको जनाएको छ ।
