काठमाडौं । दयाहाङ राई अभिनीत फिल्म ’पेन्सन पट्टा’को कमाइ ९ करोड नाघेको छ।
भदौ २६ गतेदेखि प्रदर्शनमा आएको माओत्से गुरूङ निर्देशित फिल्मले असोज १८ गतेसम्म ९ करोड १३ लाख १६ हजार ५०३ रूपैयाँ ग्रस कमाएको हो।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार यो फिल्मका ३ लाख २१ हजार ३६२ वटा टिकट बिक्री भएका छन्।
यस्तै, फिल्म ’गौंथली’ले २६ करोड रूपैयाँभन्दा बढी ग्रस कमाएको छ। फिल्मले २६ करोड १ लाख ९६ हजार ४० रूपैयाँ ग्रस कमाएको हो। फिल्मका ९ लाख ४४ हजार २६३ वटा टिकट बिक्री भएका छन्। डा. कपिल रिजाल निर्देशित यो फिल्म साउन १ गतेदेखि प्रदर्शनमा आएको हो। फिल्ममा अरूण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्।
भदौ २६ गते ’पेन्सन पट्टा’सँगै रिलिज भएको ’बेहुली’ले २ करोड ९९ लाख १३ हजार ८२४ रूपैयाँ ग्रस कमाएको छ। पारस बम ठकुरी (कुल ब्वाइ) र दिव्या रायमाझीको मुख्य अभिनय रहेको फिल्मका १ लाख ६ हजार ४५९ वटा टिकट बिक्री भएका छन्।

त्यस्तै, नीता ढुंगाना र अशोक दर्जी अभिनीत ’पार्वती’ले २ करोड २९ लाख १६ हजार ६२३ रूपैयाँ ग्रस कमाएको छ। भदौ १२ गतेदेखि प्रदर्शनमा आएको फिल्मका ८१ हजार ५९२ वटा टिकट बिक्री भएका छन्।

असोज ९ गतेदेखि प्रदर्शनमा आएको ’बा: एक योद्धा’ले १ करोड ९३ लाख ६ हजार ४६५ रूपैयाँ ग्रस कमाएको छ। दिव्यदेव, सुहाना थापा, झरना थापालगायत कलाकारको अभिनय रहेको फिल्मका ६५ हजार ५६० वटा टिकट बिक्री भएका छन्।

सोही दिनदेखि प्रदर्शनमा आएको निखिल उप्रेतीको निर्देशन तथा मुख्य अभिनय रहेको ’आचार्य’ले १ करोड ५६ लाख ६७ हजार ५४६ रूपैयाँ ग्रस कमाएको छ। फिल्मका ५४ हजार १०६ वटा टिकट बिक्री भएका छन्।
असोज २ गतेदेखि प्रदर्शनमा आएको ज्ञानेन्द्र देउजा निर्देशित ’झिंगेदाउ २’ले १ करोड ४५ लाख ६० हजार ६१६ रुपैयाँ ग्रस कमाएको छ। फिल्मका ४७ हजार ९५८ वटा टिकट बिक्री भएका छन्।
भदौ १९ गतेदेखि प्रदर्शनमा आएको अविनाशविक्रम शाह निर्देशित ’एलिफेन्टस् इन द फग’ले १ करोड २७ लाख ८३ हजार ६५ रूपैयाँ ग्रस कमाएको छ। फिल्मका ३६ हजार २० वटा टिकट बिक्री भएका छन्।
यस्तै, असोज ९ गतेदेखि प्रदर्शनमा आएको ’जदौ’ले १३ लाख ९८ हजार ७१५ रूपैयाँ ग्रस कमाएको छ। फिल्मका ३ हजार ८६७ वटा टिकट बिक्री भएका छन्।