काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुप (बीईजी) ले शुक्रबार आयोजित संयुक्त दीक्षान्त समारोहमार्फत आफ्नो क्लास अफ २०२६ का उपलब्धिहरूको उत्सव मनाएको छ।
समूहअन्तर्गतका चारवटै संस्थाबाट आएका स्नातक, अभिभावक, प्राध्यापक तथा अतिथिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। द ब्रिटिस कलेज (टीबीसी) को १२औँ दीक्षान्त समारोह समूहस्तरीय उत्सवका रूपमा आयोजना गरिएको थियो।
जसमा द ब्रिटिस कलेज, ब्रिटिस इन्टरनेसनल कलेज, ब्रिटिस मोडल कलेज र ब्रिटिस प्रोफेसनल कलेजका स्नातक विद्यार्थीहरू सहभागी भएका थिए।
ए लेभलदेखि व्यावसायिक योग्यता, तथा व्यवसाय, कम्प्युटिङ, सूचना प्रविधि र लेखाका स्नातक र स्नातकोत्तर तहसम्मका विविध कार्यक्रमका विद्यार्थीहरूलाई समारोहमा सम्मान गरिएको थियो।
कार्यक्रमहरूमा एक्जिक्युटिभ एमबीए, एमबीए, एमएससी आईटी, एमएससी एडभान्स्ड कम्प्युटर साइन्स, एमएससी प्रोफेसनल एकाउन्टेन्सी, एसीसीए, बीबीए, बीएससी (अनर्स), कम्प्युटिङ, बीएससी (अनर्स ), साइबर सिक्युरिटी एन्ड डिजिटल फरेन्सिक्स तथा ए लेभल समावेश थिए।
