काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले आज काठमाण्डौंमा रेड बुल १३औँ कृति अवाड्र्स २०८३ को उद्घाटन सत्र “कृति इग्नाइट“ कार्यक्रमका रुपमा भव्यताका साथ सम्पन्न गरेको छ ।
नेपालको विज्ञापन तथा आम सञ्चार क्षेत्रमा सृजनशीलता, र उत्कृष्टताको सम्मान गर्ने कृति अवार्डस्को यस ऋंखलाको यसै कार्यक्रम मार्फत औपचारिक शुभारम्भ भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाको प्रमुख आतिथ्यतामा पानसमा बत्ती बालेर विधिवत् रूपमा उद्घाटन गरिएको उक्त समारोहमा विभिन्न विज्ञ, उद्योगी तथा व्यवसायीहरूको सहभागिता रहेको थियो ।
यस वर्षको कृति अवाड्र्सले देशका प्रमुख आर्थिक तथा नियमनकारी संस्थाहरूको व्यापक सहकार्य र समर्थन प्राप्त गरेको छ । यस कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल सरकारको विज्ञापन बोर्डले समर्थन गरेका छन् ।


त्यसैगरी, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल, सामुदायिक रेडियो प्रशारकहरुको संस्था (अकोर्राब), रेडियो ब्रोडकास्टर्स फोरम, नेपाल मिडिया सोसाइटी र मिडिया अलायन्स नेपाल यसै बर्ष देखि कृति अवार्डस्को सह–आयोजकका रुपमा सहभागि रहेका छन् भने रेड बुल १३औँ कृति अवाड्र्स २०८३को यस संस्करणमा आनका गैर–सदस्यहरूका लागि पनि मनोनयन खुला गरिएको छ ।



मुलुकका सर्बौच्च ब्यबसायिक संघ संस्ताहरुको समर्थन, मिडिाया संघ संगठनहरुको सहआयोजना र आनको गैर–सदस्यहरूका लागि पनि खुला भए संगैको ऐतिहासिक पहलले राष्ट्रिय आर्थिक क्षेत्रमा आनको भूमिकालाई अझ व्यापक र समावेशी बनाउनुका साथै देशको वृहत्तर मिडिया तथा विज्ञापन उद्योगमा संस्थाको नेतृत्वदायी भूमिकालाई थप सुदृढ बनाएको कुरा कार्यक्रमका बक्ताहरुले ब्यक्त गरेका छन् ।
समारोहमा नेपालका बिज्ञापन उद्योग तथा आम सञ्चार क्षेत्रको विकासक्रम झल्काउने अडियो–भिजुअल प्रस्तुत गरिएको थियो भने आनका पूर्व अध्यक्ष तथा कृति अवार्डस्का प्रवद्र्धक तथा मिडिया अलायन्स नेपालका संस्थापक अध्यक्ष भास्करराज राजकर्णिकरले स्वागत मन्तव्य राखेका थिए ।
कृति अवार्डस्को यस १३औं संस्करणको शिर्ष प्रायोजक सारस बेभरेज प्रालिका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवाल तथा विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
आनका अध्यक्ष सुदीप थापाले धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण सहयात्री तथा सरोकारवालाहरूमा कृतज्ञता व्यक्त गरेका थिए ।