काठमाडौं। नेप्सेमा आज सामान्य वृद्धि भएको छ।
आज बिहीबार नेप्से २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा पुगेर रोकिएको छ।
३५४ कम्पनीका एक करोड १२ लाख ३३ हजार ६३६ कित्ता शेयर ३ अर्ब ९३ करोड ५ लाख ६० हजार ९५२ मा कारोबार भएको थियो।
फाइनान्स, होटल्स, जीवन बीमा, माइक्रो फाइनान्स र अन्य बाहेक सबै क्षेत्रको शेयर मूल्य बढेको छ।
सबैभन्दा बढी कुथेली बुखारी स्माल हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने स्नो रिभर्स ६.४० प्रतिशतले बढेको छ।

त्यस्तै सबैभन्दा बढी आरबिबी म्युचुअल फण्ड २ को शेयर ८.०७ प्रतिशतले घटेको छ। सबैभन्दा बढी घलेम्दी हाइड्रोको २६ करोड ६ लाख बराबरको कारोबार भएको छ भने हिलाम दोलखा हाइड्रोको १९ करोड २३ लाख बराबरको कारोबार भएको छ।
