काठमाडौँ, भदौ ३१ – भारतमा कोरानो भाइरस संक्रमितको सङ्ख्या ४९ लाख नाघेको छ ।
सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८०९ जना थप सङ्क्रमित भएका छन् ।
सोही अवधिमा एक हजार ५४ जना सङ्क्रमितको मृत्यु पनि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
देशभरी अहिलेसम्म कुल सङ्क्रमितको संङ्ख्या ४९ लाख ३० हजार २३७ पुगेको छ भने कोरोनाकै कारण कुल मृतकको सङ्ख्या ८० हजार ७७६ पुगेको छ ।
भारतमा कुल सङ्क्रमित मध्ये नौ लाख ९० हजार ६१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ३८ लाख ५९ हजार ४०० जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
FACEBOOK COMMENTS