काठमाडौं, असोज ४ – कोरोनाको महामारीको बेला अग्रपंक्तिमा रहेर सेवामा खटिने प्रहरीलाई स्वास्थ्य सुरक्षाका लागि भन्दै नेकपाका युवा नेता प्रेम बुढाले स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
बुढाले स्वास्थ्य सुरक्षा सामग्री घोराही–१० नारायणपुरको इलाका प्रहरी कार्यालय नारायणपुर र अस्थायी ट्राफिक प्रहरी पोष्ट नारायणपुरलाई सहयोग गरेका हुन् । बुढाले स्वास्थ्य सुरक्षा सामग्रीहरु सेनिटाइजर र मास्कलगायत सहयोग गरेका थिए ।
इप्रका नारायणपुरका इन्चार्ज सइ गणेश गिरी र अस्थायी प्रहरी पोष्टका इन्चार्ज सइ बिबेक महरालाई सयुक्तरुपमा बुढाले स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका हुन् ।
साथै बुढाले यो अभियान निरन्तर चल्ने पनि जानकारी दिए ।
FACEBOOK COMMENTS