काठमाडौं, असोज ४ – ‘फ्रन्टलाइन’मा खटिएका नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बलका ६ हजार ७ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमण देखिएकामध्ये सेनाका एकजनाको मृत्यु भएको छ । हालसम्म सबैभन्दा बढी नेपाल प्रहरीमा ३६ सय २६ जनामा कोरोना देखिएको छ । जसमध्ये १८ सय ९ जना डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा २६३, उपत्यकामा ६८१, प्रदेश १ मा १६८, प्रदेश २ मा १६९, वाग्मती प्रदेशमा १३७, गण्डकी प्रदेशमा १५३, प्रदेश ५ मा ११०, कर्णाली प्रदेशमा ४८ र सुदूरपश्चिम प्रदेशमा ८८ जना प्रहरी सक्रिय संक्रमित छन् ।
हालसम्म नेपाली सेनाका २ हजार ५६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ४ सय १ जना डिस्चार्ज भएका छन् भने १६ सय ५४ जना सक्रिय संक्रमित छन् ।
यस्तै सशस्त्र प्रहरी बलका १ हजार २३ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ६७० जना डिस्चार्ज भएका छन् भने अन्य उपचाररत छन् ।
FACEBOOK COMMENTS