काठमाडौं, असोज ५ – नेपाल मेडिकल काउन्सिलले ५८औँं चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा कात्तिक १ गते गर्ने भएको छ।
काउन्सिलले परीक्षा सम्बन्धी सूचना जारी गर्दै लाइसेन्स परीक्षामाा सहभागी हुन इच्छुक परिक्षार्थीलाई असोज ६ गतेदेखि असोज २० गतेसम्म अनलाइन फारम खुल्ला गरिएको जनाएको छ।
अनलाइन फारम भर्नका लागि exam.nmc.org.np मा गई फारम भर्न सकिने छ। अनलाइन आवेदन २४सै घण्टा खुला हुने र असोज २० गतेसम्म फारम भर्न छुटेका परिक्षार्थीले असोज २१ गते विलम्ब शुल्क सहित फारम भर्न बुझाउन सक्ने काउन्लिलले सूचित गरेको छ।
भदौ २० गतेको परीक्षामा सहभागी भई अनुत्तीर्ण परिक्षार्थीले समेत यो परीक्षामा सहभागिता जनाउने सक्ने छन्।
धरान, विरगञ्ज, चितवन, नेपालगञ्ज र काठमाडौं परीक्षा केन्द्र तोकिएको जनाउँदै काउन्सिलले परिक्षार्थीलाई आफूले इच्छाएको परीक्षा केन्द्र प्राथमकिताका आधारमा तोक्नुपर्ने जनाएको छ।
FACEBOOK COMMENTS