काठमाडौं, असोज ८ – बलिउड कलाकार सोनु सुदले कोरोना महामारीका बेला सहयोगको हात अगाडि बढाएर फ्यानको मन जितेका छन् । लकडाउनका दौरान उनले प्रवासी मजदुरलाई उनको घरसम्म जाने व्यवस्था मिलाएका थिए । यसपटक उनले बिहारकी एक बालिकाको ट्युमरको अपरेशन गर्ने व्यवस्था मिलाएर वाहवाही कमाएका छन् ।
बिहारमा रहने दिव्या ट्युमरबाट पीडित थिइन् । उनकी दिदी नेहाले सामाजिक सञ्जालमार्फत अभिनेतालाई ट्याग गरेर सहयोग मागेकी थिइन् । लकडाउनका कारण दिव्याको उपचार हुन सकिरहेको थिएन । उनले सोनूसँग दिव्याको उपचारका लागि सहयोग गर्न मद्दत गरेकी थिइन् ।
यसको जवाफ दिँदै सोनू सुदले लेखे – तपाईंकी बहिनी मेरी पनि बहिनी हुन् । एक अस्पतालमा व्यवस्था गरिएको छ, अब उनको स्वास्थ्यको ख्याल गर्ने मेरो जिम्मेवारी हो । सोनूको पहलमा एम्स ऋषिकेशमा दिव्याको सफलतापूर्वक उपचार गरिएको छ ।
FACEBOOK COMMENTS