काठमाडौं, असोज ९ – नेपाल युवा परिषद, नेपाल युवा परिषद बागमती प्रदेश, मास्टरपीस एन. वाई. सी नेपालको संयुक्त आयोजनमा बागमती प्रदेश स्तरीय दोस्रो “प्रदेश युवा सम्मेलन २०२०” आगामी सेप्टेम्बर २७ र २८ मा भर्चुअल माध्यमबाट आयोजना हुदैछ ।
“उद्यमी युवा समृद्ध देश, दिगो बिकासको लक्ष्यमा समान परिबेश” भन्ने मुल नाराकासाथ सुरु हुन लागेको सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाहरुबाट करिब २०० जना युवाहरुको सहभागिता रहनेछ र यस सम्मेलन २ दिन सम्म भर्चुअल माध्यमबाट आयोजना हुनेछ ।
यस सम्मेलनमा ४ वटा बिषयगत क्षेत्रहरु तय गरिएको छ जसमा “कोभिड १९ र युवाको भुमिका” भन्ने बिषयमा विभिन्न वक्ताहरुले आफ्नो अनुभव साटासाट गर्नेछन भने “मेरो प्रश्न मेरो जनप्रतिनिधिलाई” भन्ने बिषयमा बागमती प्रदेशका स्थानिय तह, प्रदेश सभा र प्रतिनिधि सभाबाट एक÷एक जना जनप्रतिनिधिले सहभागी युवाहरुसगँ अन्तरक्रिया गर्नेछन । त्यस्तै “निर्बाचनमा युवाको भुमिका” भन्ने बिषयमा निर्वाचन आयोगका उपसचिब कोमल प्रसाद धमालाले आफ्नो प्रस्तुतिका साथै सहभागि युवाहरुसगँ अन्र्तक्रिया गर्नुहुनेछ । “डिजिटल ट्रान्सर्फर्मेसन र युवा उद्यमशीलता” भन्ने बिषयमा पनि बिषयगत बिज्ञता हासिल गरेका बिभिन्न वक्ताहरु आफ्नो प्रस्तुती गर्नुहुनेछ । यस बाहेक विभिन्न क्षेत्रका व्यक्तित्वहरुले आफ्नो जिवन संघर्षका र सफलताका कथाहरु पनि सहभागीहरुसँग साटासाट गर्नेछन भन्ने कुराका जानकारी कार्यक्रम संयोजक तथा परिषदका केन्द्रिय उपाध्यक्ष शुदर्सन बिडारीले दिनुभयो ।
स्थापनाकालदेखी नै सधैं रचनात्मक कार्य गर्दै आइरहेको परिषदले यस बर्ष राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा सफलतापूर्बक सम्म्पन्न गरिसकेको छ भने ६ वटै प्रदेशमा प्रदेश युवा सम्मेलन २०२० आयोजना गरिसेकेको छ ।
साथै बागमती प्रदेश स्तरीय प्रदेश युवा सम्मेलन २०२० को तयारी तयारी अन्तिम चरणमा पुगिसकेको जानकारी कार्यक्रम संयोजक बिडारीले दिनुभएको छ ।
FACEBOOK COMMENTS