काठमाडौं, आश्विन १० – वनमा घाँस काट्न गएका चितवनका एक पुरुषको बाघको आक्रमणबाट मृत्यु भएको छ । वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका–१३ का ६३ वर्षीय जन्हु महतो (चौधरी)को बाघको आक्रमणबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बेलशहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका चौधरीलाई बिहान सवा १० बजेतिर बाघले आक्रमण गरेको थियो । बिहानै आक्रमण गरेपनि बाघले दिउँसो १२ बजेसम्म शव नछाडेको प्रहरीले जानकारी दिएको छ ।
अहिले निकुञ्ज सुरक्षार्थ तैनाथी नेपाली सेनाको टोली बोलाएर बाघलाई डार्ट गरेर शव नियन्त्रणमा लिने प्रयास थालिएको बताइएको छ ।
FACEBOOK COMMENTS