काठमाडौं, असोज १३ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ३४ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७ सय ४७ जना, भक्तपुरमा ७३ जना र ललितपुरमा ११४ जनामा संक्रमण देखिएको हो।
देशभर १५ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ७ सय ३१ जना कोरोना मुक्त भएका छन्।
अहिलेसम्म ७६ हजार २ सय ५८ जनामा संक्रमण भएको छ भने ४ सय ९१ जनाको मृत्यु भएको छ।
FACEBOOK COMMENTS