काठमाडौँ, असोज १४ – धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भेन्टिलेटरसहितको आईसीयूमा उपचाररत सप्तरीको राजविराज नगरपालिका–४ का ३९ वर्षीय पुरुषको बुधबार बिहान ३ बजेर १० मिनेटमा मृत्यु भएको हो ।
उनलाई असोज ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । विराटनगरस्थित गोल्डेन हस्पिटलले रिफर गरेपछि उनलाई बीपी प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
प्रतिष्ठानका प्रवक्ता डा।निदेश सापकोटाका अनुसार असोज १० गते कोभिड अस्पतालमा भर्ना गरेर ती बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौलाका रोगी रहेको डा। सापकोटाले बताए । उनले १० वर्षदेखि डायलसिस गराइरहेका थिए ।
FACEBOOK COMMENTS