काठमाडौं, असोज १४ – पछिल्लो २४ घण्टामा कोरोनाबाट ७ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ। मृतकमध्ये ३ जना काठमाडौं उपत्यकाका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंमा ३४ र ८६ वर्षीया महिला छन् भने ५४ वर्षीय पुरुष रहेका छन्। त्युस्तै सुनसरीमा ६० वर्षीय, सप्तरीमा ६० वर्षीय र रुपन्देहीमा ८२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ।
FACEBOOK COMMENTS