काठमाडौं, असोज १५ – महोत्तरीमा जबरजस्ती करणीको आरोपमा प्रहरीले एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर–९ स्थित मुसहरी टोलकी एक दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वडा सचिवलाई पक्राउ परेको हो ।
भंगहा वडा नम्बर ९ का वडा सचिव मिथिलेश यादवलाई बुधबार राति ९ बजे पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले जनाए ।
ती महिलाले दिएको बयान र जाहेरीका आधारमा वडा सचिव यादवलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक केसीले बताए । आरोपित वडा सचिव यादवलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।
FACEBOOK COMMENTS