विराटनगर -शेयर बजार सम्बन्धी जानकारी दिने उद्देश्यले विराटनगरमा पहिलो पटक प्रादेशिक पूँजी बजार प्रदर्शनी आयोजना गरिएको छ ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र सम्बन्धी ज्ञान र आवश्यक सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यका साथ काठमाडौं बाहिर पहिलो पटक प्रदर्शनी आयोजना गरेको हो ।
प्रदर्शनीमा लगानीकर्तासहित लगानकर्ताका लागि जानकारी दिने, धितोपत्र बजार नियमन निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सीडीएससी, क्रेडिट रेटिङ संस्था, सामूहिक लगानी कोष, मर्चेण्ट बैङ्क, धितोपत्र दलाल व्यवसायी, डिम्याट खाता खोल्ने निक्षेप सदस्यलगायतका सेवा एकै ठाउँमा उपलब्ध गराइएको आयोजकले बताएको छ ।
शुक्रवार प्रदर्शनीको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पूँजीको विकासबिना अर्थतन्त्रको विकास असम्भव रहेको बताएका छन् ।
FACEBOOK COMMENTS