काठमाडौं, असोज १५ – कोरोना भाइरस संक्रमण परीक्षणको नतिजा आउन कति समय लाग्छ ? एक दिन ? चाप बढेको अवस्थामा नतिजा आउन अझै धेरै दिन लाग्न सक्ला । नेपालमै पनि परीक्षणमा सहभागी भएपछि नतिजा हेर्न एक साताभन्दा बढी कुर्नुपरेको अनुभव छ ।
अमेरिका र युरोपका केही देशमा भने भाइरस संक्रमण परीक्षणको नयाँ प्रविधि सुरु भएको छ, जसले १५ मिनेटमै नतिजा दिनेछ । अमेरिकी कम्पनी बेक्टोन डिकिन्सनले निर्माण गरेको यो प्रविधि अमेरिकामा प्रयोगमा आइसकेको छ । अमेरिकाको परीक्षण सफल देखिएपछि युरोपमा पनि प्रयोगका लागि अनुमति प्राप्त गरेको कम्पनीले जनाएको छ ।
हाललाई यो प्रविधिले अमेरिकाबाहेक युरोपको ‘सिई मार्किङ’ चल्ने देशहरूमा प्रयोगका लागि मान्यता पाएको छ । सिई मार्किङ युरोपियन इकोनोमिक एरिया (इइए) भित्र पर्ने देशमा प्रयोगमा रहेको स्वास्थ्य, सुरक्षा र वातावरणसम्बन्धी गुणस्तर चिह्न हो ।
FACEBOOK COMMENTS