 
			                  			              
काठमाडौँ, असोज १६ – धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले राजीनामा दिएका छन्।
उनले आफ्नो कार्य व्यस्तताको कारण देखाउँदै बिहिबार बाट सो पदबाट राजीनामा दिएको बताएका छन्। उनले पदबाट राजीनामा दिएको इमेलमा भनेका छन,’ चिकित्सकको नाताले आफ्नो सेवामा निरन्तर खटिरहनेछु।‘
कोभिड-१९ को महामारी चलिरहेको अवस्थामा उनले नियमित रुपमा प्रतिष्ठानमा भइरहेको गतिविधिहरूको जानकारी गराउने गराएका थिए।
डा.सापकोटा जेठ ८ गते प्रतिष्ठानको प्रवक्तामा नियुक्त भएका थिए। डा.सापकोटा मानसिक रोग विभागका प्राध्यापक हुन्। 
 
              
              
              
              		              
FACEBOOK COMMENTS