काठमाण्डौँ — सरकारी स्वामित्वको नेपाल टेलिकम शेयरको बजार पूँजीकरणका आधारमा अग्रस्थानमा परेको छ।
नेपाल स्टक एक्सचेञ्जले छनोट गरेको धितोपत्र कारोबार गर्ने १० उत्कृष्ट कम्पनीको सूचिमा टेलिकम पहिलो स्थानमा परेको हो।
सो कम्पनीको बजार पूँजीकरण मूल्य १ खर्ब १४ अर्ब ३० करोड बराबरको रहेको छ।
दोस्रोमा नबिल बैंक छ ।
नविबलको बैंकको ७५ अर्ब ८८ करोड रुपैयाँ बराबरको बजार पूँजीकरण मूल्य रहेको छ ।

तेस्रोमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको ६८ अर्ब रुपैयाँ बराबरको बजार पूँजीकरण मूल्य रहेको छ।

स्टकले यही असोज १२ गतेदेखि असोज १८ गतेसम्मको शेयर मूल्यका आधारमा उत्कृष्ट दश कम्पनी छनोट गरेको हो।

— नागरिक