काठमाडौं, असोज २० – माल्दिभ्सको एक अदालतले त्यहाँका पूर्व उपराष्ट्रपति अहमद अदिबलाई २० वर्षको कारावास सजाय सुनाएको छ।
होटल विकासका लागि टापु भाडामा दिदां भ्रष्टाचार गरेको अभियोगमा अदालतले २० वर्षको कारावास सजाय सुनाएको हो।
यसैगरी अदालतले ३८ वर्षीय अदिबलाई १ लाख २९ हजार ८ सय ९२ डलरको जरिमानाको पनि फैसला गरेको छ।
मालदिभ्सको फौजदारी अदालतका न्यायाधीश हसन सईदले आफ्नो आदेशमा अदिबले सरकारी अधिकारको दुरूपयोग तथा आर्थिक अपचलन गरेको बताएका छन्।
अदिबले सरकारी अख्तियारीको दुरूपयोग गर्दै ती टापुहरू बजारमूल्य भन्दा कम मूल्यमा बेचेको बताइएको छ। यसबाट सरकारलाई झण्डै २ सय ५९ मिलियन अमेरिकी डलरको नोक्सान भएको छ। अदिबलाई गत वर्ष भारतमा शरण लिने जान लाग्दै गर्दा पक्राउ गरिएको थियो।
अदिब ३३ वर्षको उमेरमा सन् २०१३ मा त्यहाँको सबैभन्दा कान्छो उपराष्ट्रपति बनेका थिए।
FACEBOOK COMMENTS