काठमाडौं– नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुको ‘फोर्सफुल मर्जर’ को बिषयलाई सफ्ट लाईनबाट उठाएको छ।
आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले बाणिज्य बैंकहरुको मर्जरलाई विशेष प्राथमिकतामा राखेका छन् ।
संख्या नै तोकेर मर्जरमा जाने तयारीमा रहेका गभर्नर नेपालले सरकारी पक्षबाट ठूलो साथ नपाउने देखेपछि‘फोर्सफुल’ मर्जरलाई तत्कालका लागि थाति राख्दै सफ्ट लाइनबाट मर्जर अगाडि बढाउने पक्षमा देखिएका हुन्।
गभर्नर विकास बैंक र फाइनान्स कम्पनीको मर्जरमा भन्दा बाणिज्य बैंकहरुबीचकै मर्जरमा बढि लक्षित हुने भन्ने उनको मौद्रिक नीतिमा देखिन्छ। गभर्नर निकट स्रोतका अनुसार, आगामी बर्ष बाणिज्य बैंकहरुको संख्या घटाउन राष्ट्र बैंकले विशेष पहल गर्ने छ।
ठूलो संख्याका कारण बाणिज्य बैंकहरुबीच हुने अस्वस्थ प्रतिस्पर्धा रोक्न र वित्तीय क्षेत्र स्थायित्वलाई थप सुदृढीकरण गर्न मर्जरलाई प्रोत्साहित गरिने उनले बताए।
FACEBOOK COMMENTS