काठमाडौँ, आश्विन २२ – ब्राजिलमा बुधबार कोभिड–१९ संक्रमितको ३१ हजार ५ सय ५३ भएसँगै कूल संक्रमितको सङ्ख्या ५० लाख ६ सय ९४ पुगेको जोन हकिन्स विश्वविद्यालयको विज्ञान तथा इन्जिनियरिङ्ग व्यवस्थापन केन्द्रले बिहीबार जानकारी गराएको छ ।
दक्षिण अफ्रिकी यो मुलुकमा विगत २४ घण्टामा संक्रमित ७ सय ३४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोभिड–१९ संक्रमित एक लाख ४८ हजार २ सय २८ जनाको मृत्यु भइसकेको छ । यस मुलुकको सबैभन्दा बढी प्रभावित शहर साओ पाओलोमा मात्रै १० लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । यहाँ कूल ३६ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ ।
अमेरिकापछि विश्वमा कोभिड–१९ संक्रमित व्यक्तिको मृत्यु हुने मुलुक ब्राजिल हो । ब्राजिलमा गत फेब्रअरी २६ मा कोभिड–१९ को पहिलो संक्रमण पुष्टि भएको थियो ।
विश्वव्यापी महामारीका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा कूल ७७ लाख ७६ हजार २ सय २४ व्यक्ति संक्रमित भएका छन् भने संक्रमित दुई लाख १६ हजार ७ सय ३७ जनाको मृत्यु भएको छ । तेस्रो बढी प्रभावित मुलक भारतमा कूल ६८ लाख ३५ हजार ६ सय ५५ व्यक्ति संक्रमित भएका छन् भने संक्रमितमध्ये एक लाख पाँच हजार ५ सय ५४ जनाको मृत्यु भएको छ ।
विश्वभर कोभिड १९ संक्रमितको सङ्ख्या तीन करोड ६४ लाखभन्दा बढी पुगेको छ भने यसका कारण १० लाख ६४ हजार ५ सय ७६ जनाको मृत्यु भइसकेको उक्त विश्वलयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।
विश्वका अन्य प्रभावित मुलुकहरूमा रुस, कम्बोडिया, चिली, पेरू, स्पेन, फ्रान्स, इटालीलगायत अमेरिकी र यूरोपेली मुलुक नै रहेका छन् ।
FACEBOOK COMMENTS