काठमाडौँ, आश्विन २५ – स्वरोजगार लघुवित्त वित्तीय संस्था र जनक लघुवित्त वित्तीय संस्थाको आज (असोज २५ गते) देखि एकिकृत कारोबार शुरु गरेका छन् । यी दुवै कम्पनीलाई एकिकृत कारोबारका लागि असोज २ गते नेपाल राष्ट्रबैंकले स्वीकृति दिएको थियो ।
एकिकृत कारोबार सुरु भएकै दिन आज भने यस कम्पनीका सम्पूर्ण कार्यालयको सेवा बन्द हुने कम्पनीले जानकारी दिएको छ । प्राप्ती पश्चात बन्ने कम्पनीको केन्द्रिय कार्यालय साविककै बनेपा नगरपालिका वडा नम्बर ५ , काभ्रेपलाञ्चोकमानै रहनेछ ।
जनकपुर लघुवित्त वित्तीय संस्थाको १०० कित्ता शेयर बराबर स्वरोजगार लघुवित्तको ७० कित्ता शेयर आदानप्रदान गर्ने सहमति अनुसार यी दुई कम्पनी एक भएका हुन । प्राप्ती पश्चात बनेको कम्पनीको चुक्ता पूँजी रू. ३७ करोड ६३ लाख पुगेको छ । प्राप्ती पश्चात कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन तयारी स्वरोजगार लघुवित्तको रहेको छ ।
FACEBOOK COMMENTS