काठमाडौँ, आश्विन २५ – सप्तरीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका-७ ब्रहमपुर घर भई सदरमुकाम राजविराज वडा नम्बर ६ मा डेरामा बस्दै आएकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।
वडाध्यक्ष प्रेम यादवका अनुसार पछिल्लो केही दिन यता ज्वरो र रुघाकोखी देखिएकी महिलाको स्वाब संकलन गर्दा गत असोज २० गते रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उनी होम आइसोलेसनमै बस्दै आएकी थिइन् ।
आइतबार बिहान श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाई छिन्नमस्ता अस्पताल लगिएको थियो । अस्पताल पुर्याइएको केही बेरमै उनको मृत्यु भएको वडाध्यक्ष यादवले बताए ।
FACEBOOK COMMENTS