काठमाडौँ, आश्विन २५ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रुघाखोकीका लक्षण देखिने बित्तिकै कोभिड-१९ को आशंका गर्नुपर्ने अवस्था आएको बताएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मौसम परिवर्तनसँगै लाग्ने रुघाखोकी र कोभिड-१९ संक्रमणको लक्षण मिल्ने बताएका हुन्।
‘मौसममा परिवर्तन भएको अवस्था छ।जाडो बढ्दै गएको छ। जाडो याममा हिमाल, पहाड, तराई क्षेत्रमा बसोबास गर्ने वृद्धवृद्धा, बालबच्चा, रुघाखोकी र निमोनियाले विगतदेखि नै सताउँदै आएको छ,’गौतमले भने, ‘कोरोना संक्रमणका लक्षण र चिसो याममा देखिने रुघाखोकी छुट्याउन गाह्रो हुन्छ। रुघाखोकीका लक्षण देखिने बितिक्कै कोरोना नै हो की भन्ने आशंका गर्नुपर्ने अवस्था आएको छ।’
रुघाखोकी लागेकालाई संक्रमणको जोखिम रहने उनले बताए। त्यस्तै प्रवक्ता गौतमले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्दा संक्रमणदर उच्च हुने खतरा रहेको बताए। उनले चाडपर्वमा संक्रमणको खतरा रहेन बताउँदै भने, ‘जो जहाँ छौं। त्यहीं बसेर चाडपर्व मनाऔं।’
FACEBOOK COMMENTS