काठमाण्डौँ — फाष्ट ट्रयाक, एयरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कुनैपनि बहानामा रोकिन नहुने स्पष्ट पारेको छ ।
बिहीबार समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो ।
समतिले आगामी ५/७ वर्षभित्र निर्माण सम्पन्न हुने सुनिश्चितताको लागि सरकारसंग माग समेत गरेको छ ।
समितिका संयोजक रविराज दंगालको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै टाँगियाबस्ती सरोकार समितिका तर्फबाट रमेश सापकोटाले विमानस्थलको धावन मार्ग प्रस्ताव गरिएको १४७६ धुरीको टाँगियाबस्तीमा विकास निर्माण ठप्प भएको गुनासो पोखे ।
— कारोबार
FACEBOOK COMMENTS