काठमाडौँ, असोज २८ -सरकारले सिट क्षमताको आधा मात्र यात्रु राख्ने प्रावधानलाई यथावत् राख्दै सार्वजनिक यातायातको भाडा भने घटाएको छ । सोमबारको मन्त्रिपरिषद्को निर्णयले बन्दाबन्दीपछि वृद्धि गरिएको ५० प्रतिशत भाडा घटाएर पूर्ववत् भाडा नै कायम गरेको हो । यससँगै डेढीले भाडा बढेकामा अब सामान्य अवस्थामा आउने भएको छ । तथापि सो निर्णयलाई सरकारले औपचारिक रूपमा सार्वजनिक भने गरेको छैन ।
असोज १ बाट खुला गरिएको लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातको भाडा ५० प्रतिशत वृद्धि गरी आधा सिटमा मात्र यात्रु राख्न पाउने व्यवस्था गरिएको थियो । परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले ‘सोमबारको मन्त्रिपरिषद् बैठकले भाडा पूर्ववत् नै कायम गरे पनि यात्रु कति राख्ने भन्नेबारे निर्णय नभएको’ बताउनुभयो । उहाँले भन्नुभयो, “तत्कालका लागि बढाइएको ५० प्रतिशत भाडालाई घटाएर पूर्ववत् भाडा कायम गरिएको हो । पूर्ण सिट क्षमतामा यात्रु राख्न पाउने÷नपाउने कुरामा अहिले कुनै छलफल र निर्णय भएको छैन । ”
FACEBOOK COMMENTS