काठमाडौँ, अशोज २९ – कोरोना संक्रमणको संभावनालाई मध्यनजर गरी पाल्पाको एक गाउपालिकाले वाहिरबाट गाउपालिका भित्र प्रवेश गर्नेहरुलाई अनिवार्य रुपमा पिसीआर रिर्पोट नेगेटिभ आएको प्रमाण पेश गर्नुपर्ने निर्देशन जारी गरेको छ । पूर्वी पाल्पामा रहेको पूर्वखोला गाउँपालिकाले भारत लगायत विदेशी मुलुक तथा देश भित्रका कोरोना जोखिम स्थानहरुबाट आउँदा पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरेको हो ।
पीसीआर नेगेटिभ रिपोर्ट नल्याउने ब्यक्ति गाउपालिकाद्धारा तोकिएको क्वारेन्टिनमा अनिवार्य १४ दिन बस्नुपर्ने व्यवस्था गरिएको गाउँपालिकाले एक सूचना जारी गरि जनाएको हो । कोरोना परिक्षणको रिर्पोट गाउपालिकाको स्वास्थ्य शाखा वा सम्वन्धित वडाको स्वास्थ्य चौकीमा वुझाउनु पर्ने र रिर्पोट ७२ घण्टा भित्रको नेगेटिभ भएमा मात्र गाउमा प्रवेश पाइने उल्लेख छ ।।
छिमेकी गाउपालिका र सोही गाउ पालिका भित्र पनि समुदाय स्तरमा समेत कोरोना फैलिइसकेको निष्कर्ष निकाल्दै दशैं नजिकिँदै जाँदा भारत लगायत विदेशी मुलुक तथा देश भित्रका कोरोना जोखिम स्थानहरुबाट भित्र्निेहरुको संख्या बढ्दो क्रममा रहेकोले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यस्तो निर्णय गर्नुपरेको गाउँपालिकाले जनाएको छ ।
‘त्यस्ता स्थानबाट आउने ब्यक्ति सोझै घररसमुदायस्तरमा घुलमिल हुँदा कोरोना भाईरस समुदाय स्तरमा फैलन सक्ने जोखिम उच्च भएकाले अनिवार्य रुपमा पीसीआर परीक्षण गराई ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपोर्ट साथमा लिएर नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाई आउनुपर्नेछ’ – सूचनामा भनिएको छ ।
पीसीआर नेगेटिभ रिपोर्ट नलिई लुकिछिपी घर आउने, समुदायका घुलमिल हुने तथा लुकिछिपी भित्र्याउन र राख्न सहयोग गर्ने गरेको पाईएमा संक्रमण रोग ऐन, २०२० बमोजिम कारबाहीका लागि सिफारिस गरिने समेत गाउँपालिकाले जनाएको छ । -समाचारपत्र दैनिक
FACEBOOK COMMENTS