काठमाडौँ, अशोज २९ – यातायात व्यवस्था विभागले लामो तथा मन्ध्यम दूरीका सवारी साधानमा यात्रा गर्दा अनलाइनबाटै टिकट काट्ने व्यवस्था मिलाउन निर्देशिका जारी गरेको छ। सार्वजनिक यातायातको क्षेत्रलाई प्रविधिमैत्री बनाउने उदेश्यले विभागले पछिल्लो निर्देशिका ल्याएको हो।
‘लामो तथा मध्यम दूरीमा सञ्चालित यात्रुवाहक सार्वजनिक यातायात सेवाको अनलाइन टिकट खरिद–विक्री सम्बन्धी निर्देशिका–२०७७’ जारी गर्दै विभागले यसबाट यात्रु तथा व्यवसायी दुवैलाई लाभ हुने जनाएको छ। विभागले ल्याएको उक्त निर्देशिकामा यातायात व्यवसायीहरुले दसैंमा ३० दिनअघिनै बुकिङ खोल्नु पर्ने उल्लेख छ।
विभागले पारदर्शी र प्रविधिमैत्री सार्वजनिक यातायातको योजना अनुसार अनलाइन प्रविधि सफ्टवेयर विकास गर्न निर्देशिका जारी गरेको हो।
FACEBOOK COMMENTS