काठमाडौँ, अशोज २९ – प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा काठमाडौं म्यारियट होटल, नक्साल, काठमाडौंमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । २०६४ सालमा दर्ता भै २०७४/०८/२८ देखि वीमा व्यवसाय कारोबार संचालन गर्दै आएको यस प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरे लगायत संचालक सदस्यहरुमा श्री सुभाष अमात्य, श्री रामेश्वर सापकोटा, श्री नरेश बहादुर मल्ल तथा प्रभु बैंकका तर्फबाट श्री मनिराम पोखरेल रहनु भएको छ ।
साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरेज्यूले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।