काठमाडौं, ०२ कार्तिक – नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा चाडपर्वको असर देखिन थालेको छ । कात्तिक महिनाको पहिलो दिन आइतबार नेप्से सूचकांक ५ दशमलब ६६ अंकले घटेर बन्द भएको छ । नेपालीको ठूलो चाड दशैंको आज दोस्रो दिन भएकाले लगानीकर्ताहरु पनि दशैंका कारण लगानी गरिरहेको देखिएन । आइतबार कारोबार रकमका साथै नेप्से सूचकांक समेतमा गिरावट देखिएको छ ।
त्यस्तै कारोबार पनि एक अर्ब २५ करोड २७ लाख ४८ हजारमा खुम्चिएको छ । व्यापार समूह र निर्जीवन बीमा कम्पनी बाहेका सबै उपसूचकांमा गिरावट आएको छ । गत हप्तामात्र नेप्सेमा सूचिकृत जनरल इन्स्योरेन्स (जिआइसी)कम्पनीको मात्र सकारात्मक सर्किट लागेको छ । जिआइसीको आइतबार ४ सय ४ रुपैयाँ पुग्दा ९ दशमलब ७८ प्रतिशतले वृद्धि भएको छ ।
FACEBOOK COMMENTS