काठमाडौं, ०२ कार्तिक – सरकारले यो वर्ष दसैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ नखोल्ने भएको छ । यातायात व्यवसायीले पर्याप्त यात्रु नभएको भन्दै अडान लिएपछि सरकारले पनि अहिलेकै अवस्थामा अग्रिम टिकट बुकिङ खोल्न नपर्ने निष्कर्ष निकालेको हो ।
यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता लोकनाथ भुसालका अनुसार यो वर्ष उपत्यकाबाट बाहिरिने सवारीमा यात्रु चाप न्युन छ । यात्रु आउने र जाने क्रम नै सुस्त भएकाले अग्रिम टिकट बुकिङ खोल्न आवश्यक नदेखिएको भुसालले बताए ।
‘अहिले बसपार्कमा पुगेर अग्रिम टिकट माग्दा बस कम्पनीले दिइरहेका छन्,’ उनले भने, ‘औपचारिक निर्याय गरेर विगतमा जसरी यो वर्ष खुलाउनपर्ने अवस्था देखिएन ।’
बस कम्पनीहरुले भने बसपार्क पुग्नेहरु धेरैलाई टिकट सकिएको भन्दै फर्काइरहेका छन् । कतिले टिकट काटेपनि बढी भाडा लिइएको गुनासो यात्रुले गरिरहेका छन् ।
FACEBOOK COMMENTS