काठमाडौं, कात्तिक ५ – वाग्मती र गण्डकी प्रदेश सरकारले कोरोना सङ्क्रमितको नि:शुल्क उपचारलाई निरन्तरता दिने जनाएका छन् । गण्डकी प्रदेशको ३८ ठाउँका कोरोना सङ्क्रमितको नि:शुल्क उपचार भइरहेको गण्डकी प्रदेश सरकारले जनाएको छ ।
नागरिकप्रतिको दायित्व पूरा गर्नबाट गण्डकी सरकार पछि नहटेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड १९ को नि:शुल्क उपचार भइरहेको जनाएको छ ।
प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहेको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।
FACEBOOK COMMENTS