काठमाडौं, कात्तिक ५ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको चौथो दिन आज (बुधबार) दोहोरो अंकले बढेकोे छ । आज नेप्से १३.९४ अंकले बढेर १ हजार ५ सय ९७ दशमलव ७१ विन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार बुधबार कूल १९२ वटा कम्पनीकाे ५५ लाख ९ हजार ४ सय ४८ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ६३ करोड ३२ लाख ४६ हजार १ सय ४८ रुपैयाँको कारोबार भएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज ८ वटा उपसमूहको शेयर बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे शेयर घटेकाे छ ।
त्यसैगरी, बुधबार काराेबार रकमकाे आधारमा एनआईसी एशिया बैंक लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । बैंककाे २४ कराेड २९ लाख ५७ हजार ८ सय ७ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।
FACEBOOK COMMENTS