काठमाडौँ, कार्तिक ६ – बर्दियामा करिब डेढ करोढ मूल्य बराबरको लागु औषधसहित एक महिला पक्राउ परेकी छन् । सशस्त्र प्रहरी बलको ३१ नं गणको टोलीले विशेष सुचनाका आधारमा गुलरिया नगरपालिका–१ स्थित एक घरमा रुकुम खलङ्गा बाफीकोट गाउँपालिका–८ डुलेकी निर्मला बाँठा मगरलाई पक्राउ गरेको हो ।
शरीरमा बेरेको साढे पाँच किलोग्राम अफिम, झोलामा लुकाएको ५ किलो चरेश र १३ किलोग्राम अफिम फेला परेको बर्दियाका सशस्त्र प्रहरी उपरिक्षक नर बहादुर रावतले जानकारी दिनुभयो ।
FACEBOOK COMMENTS