काठमाडौं, कात्तिक ६ – युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडको आईपीओ भर्ने बिहीवार अन्तिम दिन रहेको छ । कम्पनीले असोज ७ गतेदेखि कात्तिक ६ गतेसम्मका लागि आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री खुला गरेको हो ।
कम्पनीले आयोजना प्रभावित कास्की जिल्लाका स्थानियको लागि ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता आईपीओ विक्री खुला गरेको हो । यो शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।
कम्पनीले कुल १० लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट गत फागुन ११ गतेनै स्वीकृति पाएको थियो । यस मध्य पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि ४ लाख २० हजार कित्ता आईपीओ विक्री गर्न लागेको हो । दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता शेयर विक्री खुला गर्नेछ ।
FACEBOOK COMMENTS