अन्जनराज न्यौपाने तनहुँ, ६ कार्तिक- चर्को भाडा लिने ७ सवारीसाधनहरु कार्वाहीमा परेका छन् । पृथ्वीराजमार्ग अन्तर्गत चल्ने विभिन्न सवारीसाधनहरुले मनोमानी ढंगबाट यात्रुसँग चर्को भाडा लिने गरेको भन्ने यात्रुहरूको गुनासो आएसगै त्यस्ता सवारीसाधन उपर कार्वाही गरिएको हो । कार्वाहीमा पर्नेहरुमा लामो दुरीका पर्यटक यात्रु वाहक गाडीहरु रहेका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अरुण पौडेलको विशेष टोलीले पृथ्वी राजमार्ग अन्तर्गत पर्ने माथिल्लो गुणादी भन्ने स्थानमा चेकजाँच गरेको थियो । मिनीबस,माईक्रो बस,कार,जिप,ट्याक्सीहरुले मनोमानी हिसाबले यात्रुहरुसँग अत्याधिक भाडा असुल्ने गरेको पाईएकाले चेकजाँज गरिएको प्रहरी प्रमुख पौडेलले बताए ।’
आजको चेकजाँचका क्रममा टुरिष्ट बसमा सवार रहेका यात्रुहरुसँग केही सवारीसाधनहरुले ७ सय रुपैयाँ लाग्ने गाडीभाडालाई ११ सयसम्म असुलेको पाईएपछि मनोमानी ढंगले चलेका सवारीसाधनहरुलाई हामीले नियन्त्रणमा लिई जरिवाना सहित कार्वाही गरेका हौ’ उनले भने।कोरोना संक्रकण अत्याधिक बढेसँगै सवारी मापदण्डको पालना भए नभएको, भाडादर सरकारले तोके अनुरुप लिए नलिएको, सवारीसाधनमा टिकट र यात्रु व्यवस्थापनमा मनोमानी भए नभएको, यात्रु र सवारीसाधन चालकले माक्स ,सेनिटाइजर लगाए नलगाएको बारे अनुगमन र निरीक्षण गरिएको प्रहरी प्रमुख पौडेलले जानकारी दिए।
उनले सवारीसाधन भित्र पसेर यात्रुहरुसँग विभिन्न स्थानहरुमा पुग्ने भाडा दरका विषयमा जानकारी लिदाँ मास्क प्रयोग नगर्ने यात्रु तथा चालकहरुलाई मास्क प्रदान गर्नुका साथै गाडीमा सेनिटाईजर अनिवार्य रुपमा राख्न पनि निर्देशन दिए। चेकजाँचका क्रममा यात्रुहरुसग अन्तर्कृया गर्दा सरकारले तोकेको भन्दा बढि भाडा असुल गर्ने सवारी साधनहरुलाई भाडा फिर्ता गर्न लगाई कारवाही गरिएको थियो ।अनुगमनका क्रममा पृथ्वीराजमार्ग बस संचालक समितिका प्रतिनिधीहरुसँगै जिल्ला ट्राफिक प्रहरी प्रमुख रेशमबहादुर रानाभाटको उपस्थिती रहेको थियो ।
FACEBOOK COMMENTS